हत्या घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर २४ गते

इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

भूमिकाका छोरासँग गणेशको विवाद भएको र छोरालाई खोज्दै घर पुगेका आरोपितले आमालाई चक्कु प्रहार गरी हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय, इटहरीका इन्स्पेक्टर कैलाश चौधरीले बताउनु भयो ।

छोरासँगको विवादको रिस आमासँग ०८० मङ्सिर २४ गते हत्या गरी साँध्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर चौधरीले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा मङ्सिर २४ गते गरिएको छ ।


जयकृष्ण यादव