हत्या घटनाका आरोपित गिरफ्तार
पोखरा महानगरपालिका –१७ बिरौटा निवासी ५२ वर्षीय रामु क्षेत्रीलाई खुर्पाले हानेर हत्या गरेको आरोपमा २२ वर्षीय छोरा रविन क्षेत्रीलाई प्रहरीले कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादमा आफ्नै बुवालाई कात्तिक २८ गते खुर्पाले हानेपछि घाइते हुनुभएका राम क्षेत्रीको उपचारका क्रममा सोही दिन पोखराको चरक मेमोरियल अस्पतालमा मुत्यु भएको थियो ।
रविनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रभासबाट गिरफ्तार गरेको हो ।
आरोपितलाई गिरफ्तार गरि हत्या सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।
शवको पोष्टमार्टम कात्तिक २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको छ ।
सन्जय रानाभाट
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…