हत्या घटनाका आरोपित गिरफ्तार
जिल्ला कारागार कार्यालय सुरक्षार्थ कार्यरत सशस्त्र प्रहरी जवान घोराही उमनपा–७ का २८ वर्षीय जुगरु चौधरीको हत्या गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–५ का ५५ वर्षीय शेरबहादुर केसीलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।
तिहारको बिदामा घर गएका चौधरीलाई कात्तिक २३ गते भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपित केसीलाई घरबाट एक थान बन्दुक र १ सय ७५ थान सिसाका गोलीसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
स्थानीयहरूसँग घोराही उपमनपा–५ स्थित जनसेवा सामुदायिक बनमा मालुका पात टिप्न गएका चौधरी बनमै मृत भेटिएपछि प्रहरीले चौधरीसँगै पात टिप्न गएका १४ जनालाई गिरफ्तार गरेको थियो ।
अनुसन्धानको क्रममा शेरबहादुरलाई बन्दुकसहित गिरफ्तार गरेको र आरोपितले शिकार खेल्न गएको बेला बादरजस्तो मानेर गोली हानेको बताएपछि १४ जनालाई कात्तिक २५ गते रिहा गरेको थियो ।
शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
चाडपर्वको बेला भएकाले डाक्टर आउन ढिला भएका कारण पोष्टमार्टममा ढिलाई भएको घोराही उपमनपा–७ का अध्यक्ष खोपीराम चौधरीले जानकारी दिनुभयो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…