हत्या घटनाका आरोपित गिरफ्तार

  ०८० साउन २९ गते

मैवाखोला गाउँपालिका-६ फाकुम्बाकी ६३ वर्षीया धनमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय छोरा डिल्लीकुमार लिम्बूलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २९ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुशाराम कार्कीले बताउनु भयो ।

धनमाया लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको सूचना स्थानीयले दिएपछि आरोपितलाई प्रहरी चौकी साँघुको टोलीले घटनास्थलबाटै गिरफ्तार इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

हत्याको कारण नखुलेपनि घरायसी विवादका क्रममा हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।


एलिना दियाली