हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।
आरोपितले अन्जनीलाई राखेको प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै जेठ १८ गते रुपन्देहीबाट आएर चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अन्जनीलाई चक्कु प्रहार गर्दा बचाउन पुगेका बमबहादुर घाइते भएका थिए । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर घाइते दुबैजनालाई उपचारको लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर पठाएको थियो ।
बमबहादुरको उपचारको क्रममा मृत्यु भएको र अन्जनीलाई थप उपचारकोलागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मिनबहादुर घलेले जानकारी दिनु भयो ।
दुबैजनाको शव पोष्टमार्टमकालागि कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…