हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ ।
हत्याको आरोपमा गिरफ्तार हुनेमा सोही ठाउँका २४ वर्षीय पिथिन्द्र शाही, २२ वर्षीय बबर शाही, २६ वर्षीय मोहनजङ्ग शाही, २४ वर्षीय कालिबहादुर शाही, २८ वर्षीय जयन्द्र शाही (क), २२ वर्षीय जयन्द्र शाही (ख), २७ वर्षीय जयराज शाही, २४ वर्षीय अबिसर शाही र ३० वर्षीय बलबहादुर शाही रहेका छन् ।
मृतकका छोरा राजेन्द्र शाहीले जेठ ३ गते ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिनु भएको छ । डीएसपी ओझाका अनुसार आरोपितहरू फरार भएका कारण खोजतलास गर्न केही ढिलाइ भएपनि सबैलाई गिरफ्तार गर्न सफल भएको बताउनु भयो ।
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा वैशाख ३१ गते घाइते भएका शाहीको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको डीएसपी ओझाले जानकारी दिनु भएको छ ।
मतगणना स्थलबाहिर बसिरहेका शाही वैशाख ३१ गते आरोपित पक्षले ढुङ्गा प्रहार गर्दा मृतक शाही लगायत सोही ठाउँका ३५ वर्षीय मन्दिरसिंह ऐडी र १८ वर्षीय नविन ऐडी घाइते भएको मृतकका छोरा सागर शाहीले आरोप लगाउनु भएको हो ।
टाउकोमा गम्भिर चोट लागेका घाइते तीनै जनालाई जिल्ला अस्पताल हुम्लामा वैशाख ३१ गते उपचारका लागि ल्याइएको थियो । जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि बुबालाई जेठ १ गते जिल्ला बाहिर रिफर गरिएको सागरले जानकारी दिनु भएको छ ।
घटनाको घोर भत्र्सनागर्दै नेकपा एमाले हुम्ला जिल्ला कमिटिले जेठ ५ गते प्रेस विज्ञप्ति प्रकाशन गरेको थियो । हुम्ला जिल्ला उपाध्यक्ष डबल रावत र सचिव तिर्थराज बोहराद्वारा प्रकाशित विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई कानून बमोजिमको कारबाहीको माग गरिएको छ ।
घटनामा संलग्न व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको डीएसपी ओझाले जानकारी दिनु भयो ।
घाइते नविनको जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको छ भने मन्दिरसिंह नेपालगञ्ज मेडिकल कलेज बाँकेबाट जेठ ७ गते डिस्चार्ज भएका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…