हत्या घटनाका आरोपित गिरफ्तार
वालिङ–१२ सिर्सेकोट घर भई हाल वालिङ–१० भकुण्डे बस्ने डेढ वर्षीय साईमन गुरुङको हत्या गरेको आरोपमा प्रहरीले पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डे बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई पुस २८ गते गिरफ्तार गरेको छ ।
मृतकलाई आरोपितले पुस २८ गते चक्कु प्रहार गरी हत्या गरेको र मृतककी पाचँ वर्षीया दिदी साइना गुरुङलाई पनि चक्कु प्रहार गरी घाइते बनाएको भन्दै मृतकका ५५ वर्षीय हजुरबुबा प्रेमबहादुर गुरुङले सोही दिन आरोपितविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर हरिप्रसाद पौडेलले बताउनुभयो ।
घाइते साइनाको घाँटीको अगाडिको भागमा चोट लागेको छ भने चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो ।
आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका इन्स्पेक्टर राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
घाइते साइनालाई उपचारपछि घर पठाइएको छ भने मृतकको शवको पोष्टमार्टम पुस २८ गते गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रमा गरियो ।
तिलकुमारी थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…