हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ पुस १९ गते

बाँफीकोट गाउँपालिका –९ झुलाकी २६ वर्षीया कमला खनालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति दलजित खनाललाई ०७८ पुस १७ गते गिरफ्तार गरेको छ ।

पुस १६ गते राती कोठामा झुण्ड्याइएको अवस्थामा भेटिएकोले छोरीको आत्महत्या नभई हत्या नै भएको भन्दै माइती पक्षले ०७८ पुस १७ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दिएको इन्स्पेक्टर डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिनुभयो ।

घटनास्थलमा पुग्दा कमलाको झुण्डीएर मृत्यु भएको भनिए पनि पासो फुकाएको अवस्थामा लाश फेला परेकोले घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको थियो ।

मृतक कमला र पतिबीच मनमुटाव हुँदै आएको र पुस १६ गते विवाद भएपछि आफूले पत्नी मारेको आरोपितले पुस १८ गते स्वीकार गरेको इन्स्पेक्टर शर्माले बताउनु भयो ।

शव पोष्टमार्टम पुस १८ गते जिल्ला अस्पताल सल्ले रूकुम पश्चिममा भएको अस्पतालका निमित्त व्यवस्थापक विष्णु बुढाथोकीले जानकारी दिनुभयो ।


मनिषा केसी