हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत १४ गते

थुलुङदुधकोशी गाउँपालिका –८ की ५४ बर्षिया डिल्लीकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ६६ वर्षीय तिब्बत राईलाई चैत १३ गते गिरफ्तार गरेको छ ।

चैत १० गते स्थानीय पानदेउ राईसँग आरोपित झगडा गरीरहेको अवस्थामा डिल्लीकुमारी छ्ट्याउन गएको बखत आरोपितले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाईते भएकी डिल्लीकुमारीको जिल्ला अस्पतालमा उपचारका क्रममा चैत ११ गते मृत्यु भएको थियो ।

कुटपिट घटनाका आरोपित डिल्लीकुमारीको मृत्यु पछि फरार भएका थिए । आरोपितलाई चैत १३ गते घर फर्किएको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले बताउनुभयो ।

शवको पोष्टमार्टम चैत १२ गते गरी शव परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।


भोजराज कार्की