हत्या घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत २ गते

मोलुङ्ग गाँउपालिका–५ की ३२ वर्षीया हिरामाया कटुवालको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी २३ वर्षीया पत्नी कमला सार्कीलाई चैत १ गते गिरफ्तार गरेको छ ।

मोलुङ गाउँपालिका –६ स्थित शहिद पेशल आधारभूत विद्यालयकी शिक्षिका कटुवालको ०७६ फागुन २७ गते मोलुङ गाउँपालिका –५ मा शव फेला परेको थियो ।

गिरफ्तारीमा परेका रविराजले फागुन २७ गते पत्नीसँग झगडा भईरहेको बेला हिरामाया छ्ट्याउन आएको र सोही बखतले कुटपिट गर्दा हिरामायाको ज्यान गएको भनी बयान दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन बस्नेतले बताउनुभयो ।

शवको पोष्टमार्टम फागुन २८ गते जिल्ला अस्पतालमा गरिएको छ ।

 


शिवप्रसाद ढुङ्गाना