हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ माघ २७ गते

तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार गरेको छ ।

घरमा राखिएको भरुवा बन्दुक लगेर घर नजिकै खलोमा पुगेका केसीले माघ २६ गते भाइको कन्चटमा गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर सुर्य रानाले जानकारी दिनुभयो । शवको पोष्टमार्टम माघ २६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएपछि बुबा पुस्कर खत्रीले बुझेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


जयनारायण पुन