हत्या घटनाका आरोपित गिरफतार

  ०८१ माघ ११ गते

बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् इन्स्पेक्टर दिनेश तिमिल्सेनाका अनुसार बालिकालाई धारिलो हतियार प्रहार गरेर हत्या गरी घाँस राख्ने टहरामा घाँसले छोपेर लुकाई फरार रहेका थिए । बालकले बालिकालाई बलात्कार प्रयास गर्दा रोई कराई गरी प्रतिकार गरेपछि माघ ९ गते हत्या गरेको इन्स्पेक्टर तिमिल्सेनाले जानकारी दिनुभयो । आरोपितविरुद्ध पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

शवको पोष्टमार्टम माघ १० गते जाजरकोट अस्पतालमा भयो ।


बासुदेव शर्मा