हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस ३ गते

तुलसीपुर उपमहानगरपालिका–२, भमकेकी ३२ वर्षीया हस्तीकुमारी बुढाथोकीलाई हत्या गरेको आरोपमा पति २९ वर्षीय चित्रबहादुर बुढाथोकीलाई प्रहरीले ०८१ पुस ३ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादमा पुस ३ गते बिहान चिर्पटले टाउकोमा हिर्काउँदा बुढाथोकीको घटनास्थलमै मृत्यु भएको र हत्या गरी भागेका आरोपित चित्रबहादुरलाई प्रहरीले पुस ३ गते दिउँसो तुलसीपुर बजारबाट गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

मृतकका आफन्त आइनपुगेकाले अपरान्ह ४ बजेसम्म शव नउठाइएको डिएसपी ठकुरीले बताउनु भयो । आफन्त आउने बित्तिकै शवको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पतालमा गरिने छ ।


जयनारायण पुन