हत्या घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस २ गते

इस्मा गाउँपालिका–४, दोहलीकी ५० वर्षीया मिना दर्लामीलाई हत्या गरेको आरोपमा पति ५५ वर्षीय शिवबहादुर दर्लामीलाई प्रहरीले ०८१ पुस १ गते गिरफ्तार गरेको छ ।

सामान्य विवादमा मङ्सिर ३० गते राति हत्या गरिएको अवस्थामा मिनालाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शरीरमा चोट भएकाले थप अनुसन्धानको लागि पतिलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर २ गते उजुरी दर्ता गरेपछि शवको पोष्टमार्टम गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।


टोपलाल अर्याल