हत्या घटनाका आरोपित गिरफ्तार
रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख आदर्शकोत्वाल गाँउपालका-२ खजुरीया टोलका ४८ वर्षीय हरिभुषण कुशवाहालाई गोली हानी हत्या गरेको आरोपमा सोही टोलका नेपाली सेनाका भगौडा ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई जिल्ला प्रहरी कार्यालयले ०८१ मङ्सिर १२ गते गिरफ्तार गरी मङ्सिर १३ गते सार्वजनिक गरेको छ ।
आरोपितले ०८१ जेठ ३२ गते क्याम्पस प्रमुख कुशवाहालाई आदर्शकोत्वाल गाँउपालिका-२ खजुरीया टोलमा गोली हानी हत्या गरेको आरोपमा मृतकका बुबाले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
शवको पोस्टमार्टम असार १ गते वीरगंजस्थित बयोदा अस्पतालमा भएको थियो ।
आरोपितलाई जिल्ला मोरङ् बिराटनगर महानगरपालिका-१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिनुभयो ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…