हत्या घटनाका आरोपित गिरफ्तार
मेरिङदेन गाउँपालिका-१ का ५६ वर्षीय श्यामबहादुर लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा सुमन ओख्राबुलाई असोज १७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज १६ गते बाम्फोक प्रहार गरी बाबुको हत्या गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विवेक बस्नेतले बताउनु भयो ।
घटनाका विषयमा स्थानीयले इलाका प्रहरी कार्यालय, दोभान र प्रहरी चौकी, सान्थाक्रालाई जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर बस्नेतले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज १८ गते गर्ने तयारी गरिएको छ ।
एलिना दियाली
सम्बन्धित समाचारहरू
१६ घरधुरी परिवारमा खानेपानी अभाव हुँदा नागरिकहरूलाई समस्या
प्यूठान नगरपालिका-३, पिपलटाकुरा गाउँका १६ घरधुरी परिवार खानेपानी सुविधा नहुँदा समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको थापखोलाको कुवाबाट…
जिल्ला अस्पतालको अक्सिजन प्लान्ट मर्मत नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सिजन प्लान्ट बिग्रिएको दुई महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा स्वासप्रस्वार तथा दमलगायतका बिरामीहरु मर्कामा परेका छन् । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी दुई महिनासम्म…
तीन महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित
खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे आधारभूत विद्यालय तीन महिनादेखि बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएर…
उद्योगबाट निस्कने खरानीयुक्त धुलोले प्रदुषण फैलिएको भन्दै स्थानीय धर्नामा
देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगबाट निस्किएको धुलोले प्रदुषण फैलिएको भन्दै यसको नियन्त्रणको माग राख्दै स्थानीयले उद्योग परिसरमा कात्तिक २५ गते धर्ना दिएका छन् । उद्योग वरपरका स्थानीयले उद्योगबाट निस्कने…
नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट प्रधानाध्यापक घाइते
मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१, बोटगाउँ घर भइ बकैया हात्तिसुढे बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय प्रेमबहादुर बम्जन कात्तिक २५ गते नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट घाइते हुनु भएको छ ।…