हत्या घटनाका आरोपित गिरफ्तार
महोत्तरीको रामगोपालपुर-२ का ३४ वर्षीय वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा प्रहरीले दुई जनालाई ०८१ असोज ९ गते गिरफ्तार गरेको छ ।
बर्दिबासबाट रामगोपालपुर तर्फ मोटरसाइकलमा आउने क्रममा ०८१ भदौ ९ गते वडाध्यक्ष मुकेश यादवको रहत्यमय अवस्थामा शव फेला परेको थियो ।
वडा अध्यक्षको हत्या आरोपमा औरही नगरपालिका-७ भाेइल टिमकियाका ३५ वर्षीय सन्जिव झा र सोही ठाउँका २९ वर्षीय दिलिप मण्डललाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट दिनकाे म्याद थप गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भयो ।
आरोपितहरू विरुद्ध पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा दिएका थिए ।
शवको पोष्टमार्टम भदौ १० गते काठमाडौंस्थित शिक्षण अस्पतालमा भएको थियो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…