हत्या घटनाका आरोपित गिरफ्तार
धरान उपमहानगरपालिका-३ माछाभौडीकी १४ वर्षीया युनिसा साहीको हत्या गरेको आरोपमा प्रहरीले संखुवासभा जिल्ला, खाँदवारी नगरपालिका-२ स्थायी घर भइ धरान उपमहानगरपालिका-३ माछाभौडी बस्दै आएका २३ वर्षीय भविन बराललाई भदौ ११ गते गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा आरोपितले ०८१ भदौ ११ गते १४ वर्षीया बालिका र बालिकाकी ३७ वर्षीया आमा सिर्जना साहीलाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका दुवै जनामध्ये युनिसाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा उपचारका क्रममा भदौ ११ गते मृत्यु भएको र सिर्जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि घोपाको शवगृहमा राखिएको छ ।
घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…