हत्या घटनाका आरोपित गिरफ्तार
धरान उपमहानगरपालिका-१३ की २६ वर्षीया शोभा परियारलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति लक्ष्मी मोते र सासु ६० वर्षीया रत्नमाया मोतेलाई भदौ ७ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ ६ गते राति पत्नीलाई कुटपिट गरेको र शोभाको भदौ ७ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरोपितले भदौ ७ गते बिहान पत्नीको मृत्यु भएको भन्दै छिमेकी र माइती पक्षलाई खबर गरेपछि घटना शंकास्पद भएकाले अनुसन्धानका लागि पति र सासु आमालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
मृतकको शरीरका विभिन्न भागमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा शव भेटिएकाले कुटपिटपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भदौ ७ गते गरिएको छ ।
पीडित पक्षले भदौ ७ गते शव बुझी धरान उपमहानगरपालिका-१३ स्थित घाटमा सद्गत गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…