हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगगपालिका-५ की १८ महिने बालिका आइन्सु लुइटेलको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय काकालाई गिरफ्तार गरेको छ ।
ब्लेडको प्रयोग गरी बालिकाको ०८१ साउन २६ गते हत्या गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगगपालिका-५ पचरूखीका ३० वर्षीय काका सालीग्राम लुइटेललाई सोही दिन गिरफ्तार गरेको हो ।
हत्या घटनाका आरोपितले के कति कारणले हत्या गरेको खुल्न बाँकी भएपनि प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितले डिप्रेसनको औषधि सेवन गर्दै आइरहेको खुलेको इलाका प्रहरी कार्यालय, इटहरीका इन्स्पेक्टर शम्भु बस्नेतले बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा साउन २८ गते गरिएको छ ।
पीडित पक्षले शव बुझी इहटरी उपमहानगरपालिका-४ स्थित बुढीखोला स्वर्गद्धारी घाटमा सद्गत गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…