हत्या घटनाका आरोपित गिरफ्तार

  २०८१ साउन २ गते

कावासोती नगरपालिका– ५ ठकुरी चोक बस्ने ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेको आरोपमा १८ वर्षीय छोरा निराजन कुमाललाई ०८१ साउन २ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बाबु र छोराबिच साउन २ गते बिहान कुकुरको विषयमा विवाद हुँदा छोराले ढुङ्गाले प्रहार गरी हत्या गरेका हुन् ।

शव साउन २ गते नै पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।


ज्ञानु पंगेनी