हत्या घटनाका आरोपित गिरफ्तार

फुङलिङ नगरपालिका–९ हाङदेवाका ६५ वर्षीय ज्येष्ठ नागरिक फुपुदोर्जे शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले सोही नपा–९ का १८ वर्षीय प्रकाश कालीकोटेलाई कात्तिक १ गते गिरफ्तार गरेको छ ।

आरोपितले असोज ३० गते ६५ वर्षीय वृद्घको हत्या गरेको विषयमा स्थानीयले कात्तिक १ गते किटानी उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले बताए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


देवराज गुरूङ