हत्या घटनाका आरोपित एक जना गिरफ्तार, दुई जना फरार
बलरा नगरपालिका–४ जब्दी की २१ वर्षीया महिला पूजा देवी सहनीकाे ०८० माघ १६ गते हत्या गरेको आरोपमा ५८ वर्षीया सासु बनारसी देवी सहनीलाई जिल्ला प्रहरी कार्यालयले ०८० माघ १७ गते गिरफ्तार गरेको छ । अन्य आरोपितहरु फरार छन् ।
मृतक पूजा देवी सहनीको शव माघ १७ गते उनकै घर भित्र खाटमा शङ्कास्पद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी प्रविण धितालले बताउनु हुँदै मृत्कको घाँटी तथा शरीमा डाम समेत देखिएको उहाँले जानकारी दिनु भयो । घटना शङ्कास्पद रहेको हुनाले मृत्ककी सासु बनारसी देवी सहनीलाई माघ १७ गते घरबाटै नियन्त्रणमा लिएको एसपी धितालले बताउनु भयो । साथै उक्त घटनाका अन्य आरोपितहरु मृतककी २६ वर्षीय पति छोटेलाल सहनी र ६१ वर्षीय ससुरा जयनारायण सहनी फरार रहेकोले खोज तलास भइरहेको एसपी धितालले जानकारी दिनु भयो ।
मृतक तथा आरोपितहरुका छिमेकी सुरेश कुमार सहनीका अनुसार माघ १५ गते पति, पत्नी, सासु र ससुरा बीच विवाद तथा झै–झगडा भएको जानकारी दिनु भयाे ।
शवलाई पोष्टमार्टमको लागि माघ १७ गते प्रादेशिक अस्पताल मलंगवा लगिएको एसपी धितालले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…