हत्या घटनाका आरोपितहरू विरुद्ध उजुरी
बहुदरमाई नपा–३ नगरदाहा की २४ वर्षीया निशा भनिने बसन्ती कुमारी साहको हत्या गरेको आरोपमा पीडित पक्षले पति २५ वर्षीय इनरजित भनिने इन्द्रजित साह गोढ र इन्द्रजितका बाजे ६० वर्षीय मंसि साहविरुद्ध ०८१ वैशाख १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
“तीन महिनाको गर्भवती समेत रहेकी निशालाई वैशाख १ गते लात र मुक्का प्रहार गरी आरोपितहरूले कुटपिट गरेका थिए । कुटपिटका कारण घाइते भएकी निशालाई उपचारको लागि वीरगंजस्थित अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको”–मृतकका बुबा सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ सखुवा जमुनियाका ५२ वर्षीय हिरालाल साह बताउनु भयो । छोरीलाई उनका परिवाजनले नियोजित ढङ्गले हत्या गरेको पीडित बुबाको आरोप रहेको छ ।
त्यस्तै “आफूहरू घटना भएकै दिन आरोपितहरू विरुद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले आरोपतिहरूलाई गिरफ्तार नगरेको पीडित पक्षले वैशाख ४ गते वीरगंजमा पत्रकार सम्मेलन मार्फत आफ्नो दुःखेसो सुनाउनु भयो ।
यता मृतकका पतिका अनुसार वैशाख १ गते अचानक पेट दुखेर बेहोस भएकी निशालाई उपचारको लागि अस्पताल लग्ने क्रममा उनको मृत्यु भयो । आफूले वा आफ्नो परिवारको कसैले पनि निशालाई कुटपिट नगरेको उहाँले बताउनु भयो ।
शवको पोष्टमार्टम सोही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनु भयो । साथै पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटना बारे केही भन्न सकिने उहाँले बताउनु भयो ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…