हत्या घटनाका आरोपितहरू गिरफ्तार
हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियाका १७ वर्षीय रूपेश मुखियाको हत्या आरोपमा सोही ठाउँका २२ वर्षीय लबकुमार मुखिया र १९ वर्षीया सुरजकुमार मुखिया ०८० माघ २९ गते गिरफ्तार भएका छन् ।
पुषी पुर्णिमाको मेला हेर्न माघ ११ गते सँगै सप्तकोशी नदीको ब्यारेज गएका आरोपितहरूले हत्या गरेको भन्दै मृतकका बुबा चन्द्रदेब मुखियाले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले माघ २९ गते हत्या आरोपमा उजुरी दर्ता गरी आरोपितहरूलाई हिरासतमा राखेको छ ।
मुखियाको शव हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा माघ २० गते फेला परेको थियो । शवको पोष्टमार्टम धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा माघ २१ गते भयो । कोशी मेलाबाट माघ १२ गते विहान घर फर्किएका आरोपितहरूलाई गाउँलेहरूले केरकार गर्दा उनीहरूले शंकास्पद भनाई राखेपछि प्रहरीको जिम्मा लगाइएको थियो । आरोपितहरूको कपडा भिजेको, हिलो लागेको र शरिरका विभिन्न भागमा चोट देखिएको शकुन्ती देबी मुखियाले बताउनु भयो । शंकास्पद आरोपितहरूलाई प्रहरीले माघ १२ गते अभद्र व्यवहारमा उजुरी दर्ता गरी अनुसन्धान चलाएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…