हत्या घटनाका आरोपितहरू गिरफ्तार

  ०८१ फागुन ३ गते

कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई ०८१ फागुन २ गते गिरफ्तार गरेको छ ।

सुधार केन्द्रमा अनुशासनमा नबसेको भन्दै ०८१ फागुन १ गते राती कुटपिट गरी मण्डलको हत्या गरेका आरोपितहरू सुधार केन्द्रका सञ्चालक कलैया उपमहानगरपालिका-३ भवानिपुरका २२ वर्षीय साहेब बाबु मन्सुर, सोही वडा का १९ वर्षीय सर्फराज मन्सुरी, २२ वर्षीय साहिल अली, २९ वर्षीय सागर गुप्ता र २९ वर्षीय तमन्ना अली, कलैया उपमहानगरपालिका-४ का २२ वर्षीय निरज सरार्फ, कलैया उपमहानगरपालिका-२ का २१ वर्षीय प्रमेस्वार साह र २१ वर्षीय सुरज शेख, कलैया उपमहानगरपालिका-१ का २४ वर्षीय अरुण सरार्फ, कलैया उपमहानगरपालिका-६ का २० वर्षीय राहुल भनिने महमद आशु मियाँ शेखलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष तामाङले जानकारी दिनुभयो ।

कुटपिटका कारण मृतकको घाँटी, गालामा र हातको औलाहरूमा निलडाम देखिएको पीडित पक्षले प्रहरीलाई बताएको र आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय कलैयामा फागुन २ गते उजुरी दिएको प्रहरीले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम फागुन २ गते प्रादेशिक अस्पताल कलैयामा गरी सदगदका लागि शव आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ ।


इन्सेक मधेस प्रदेश