हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
प्रवेजले असोज २ गते नसिमा सुत्ने कोठाको खाटमा मृत अवस्थामा भेट्टिएको भन्दै माइती पक्ष र प्रहरीमा जानकारी गराएका थिए ।
घटना शङ्काष्पद देखिए पछि प्रहरीले मृतकका पति र सासुलाई अनुसन्धानका लागि असोज २ गतेनै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बताउनु भयो ।
मृतककी आमा आसिया खातुनले दिएको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टम असोज ३ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरी आमालाई बुझाइएको थियो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितताः महिला बालबालिकामा लगानीको ऐक्यवद्धताू भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसीय महिला हिंसा विरुद्धको अभियानको क्रममा…
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…