हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी महराविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ ।
आरोपितहरूलाई कात्तिक १३ गते सर्लाहीको सिमरा गाउँपालिका-७ सिन्हराबाट प्रहरीले गिरफ्तार गरेको छ ।
शवको पोष्टमार्टम कात्तिक १५ गते पादेशिक अस्पताल जलेश्वरमा भइ शव मृतकका पति रामनाथ मण्डललाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल सिंहले जानकारी दिनुभयो ।
मृतकको शव पिपरा गाउँपालिका-७ दनौली चौरीस्थित अशोक ठाकुरको आँपको बगैचामा परिचय नखुलेको अवस्थामा कात्तिक १३ गते फेला परेको थियो । प्रारम्भिक अनुसन्धानपश्चात मृतकको परिचय खुलेको इन्स्पेक्ट सिंहले जानकारी दिनुभयो ।
इन्स्पेक्टर सिंहका अनुसार आरोपित नायक र लक्ष्मीनीया प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धको क्रममा भदौ २६ गते दुवै जना भागेर भैरहवा गएका थिए र कात्तिक ३ गते घर फर्केपछि आरोपित रीनादेवी महरा र लक्ष्मीनीयाबीच विवाद भएपछि लक्ष्मीनीया घर छाडेर गएकी थिइन् । घर छोडेर गएकी लक्ष्मीनीयालाई आरोपितहरूले बाटोमै उनले लगाएको सलले घाँटी थिची हत्या गरी अनुहार जलाउन प्रयास गरेको प्रहरीको भनाइ छ ।
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर सिंहले बताउनु दिनुभयो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…