हत्या घटनाका आरोपितविरुद्ध उजुरी
चक्रघट्टा गापा–२ बेल्हीका ७० वर्षीया सागर देवी रायलाई देवर ६५ वर्षीय रामपुकार राय र उनका ४१ वर्षीय छोरा जितेन्द्र राय र ३४ वर्षीया बुहारी अनिता देवी रायले कुटपिट गरि हत्या गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २७ गते उजुरी दिएको छ ।
जगाा बाँडफाँडको क्रममा दुई पक्षबीच विवाद हुदा आरोपितहरुले आमा सागर देवी रायलाई मङ्सिर २६ गते कुटपिट गरि हत्या गरेको मृतकका छोरा राजिब कुमार यादवले बताउनु भयो ।
कुटपिट घटनामा संलग्न आरोपित रामपुकारलाई प्रहरीले घटना भएकै दिन गिरफ्तार गरेको छ भने अन्य आरोपितहरु फरार रहेकोले खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी प्रविण पोखरेलले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, मलङ्गवामा राखिएको छ ।
बधन साह
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…