हत्या घटनाका आरोपितद्वय गिरफ्तार
आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुरेन्द्र पुरी र २५ वर्षीय बालकृष्ण पुरीलाई चैत १ गते गिरफ्तार गरेको छ ।
आरोपितद्वयलाई जिल्ला सुनसरी इटहरी उपमहानगरपालिकाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।
बिन्दाको ०७६ फागुन २९ गते घाँटी रेटिएको अवस्थामा घरमै शव फेला परेको थियो ।
घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बिन्दाका पति विदेशमा रहेको र दाजुले भाउजुलाई मात्र पैसा पठाएका कारण हत्या गरेको आरोपित मध्येका एकले स्वीकार गरेको इन्स्पेक्टर थान्दारले बताउनुभयो ।
आरोपितद्वय माथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…