हत्या घटनाका आरोपमा परिवारकै सदस्यविरुद्ध उजुरी
ब्रह्मपुरी गाउँपालिका–३ की २६ वर्षीया रिकवादेवी कापड, उनकी १८ महिनाकी छोरी रेमा कापड र नौ दिनका छोराको हत्या गरेको आरोपमा ३३ वर्षीय पति सञ्जिव कापड, ५५ वर्षीय ससुरा जागेश्वर कापड, सासू रणुदेवी कापड र जेठाजु ३३ वर्षीय सञ्जिव कापडविरुद्ध रिकवादेवीकी आमा नागवती देवीले जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दिनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाही प्रतिनिधि र ओरेकलगायत मानव अधिकारकर्मीहरूको संयुक्त पहलमा मृतक रिकवादेवीकी आमाले प्रहरीमा उजुरी दिनु भएको हो ।
दाइजो नदिएको आरोपमा यसअघि पनि रिवकालाई गालीगलौज, कुटपिट गर्ने, मार्ने धम्की दिने र घर निकाला गर्ने प्रयास गरेको नागवती देवीको आरोप छ ।
दाइजो नदिएकै रिसमा छोरी, नातिनी र नवजात शिशु नातिको हत्या योजनाबद्ध तरिकाले पोखरीमा डुवाएर गरिएको नागवती देवीको आरोप छ ।
तीनै जनाको शव साउन १३ गते बिहान ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भयो ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी बुढाथोकीले जानकारी दिनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…