हत्या गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला
झिमरुक गाँउपालिका-५ की ५५ वर्षीया पबित्रा खनालको हत्या गरेको कसुरमा जिल्ला अदालतले पति ६० वर्षीय छविलाल खनाललाई आंशिक दावी पुग्ने भन्दै २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश नाराम खनालको ०८१ जेठ ८ गतेको इजलासले कसुर ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय र ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका नायव सुब्बा दिवाकार पोख्रेलले इन्सेकलाई जानकारी दिनुभयो ।
घरायसी विवाद हुँदा खनालले ०७९ फागुन ८ गते पत्नीको हत्या गरेको भन्दै पीडित पक्षले फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले खनाललाई फागुन १० गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम फागुन ११ गते जिल्ला अस्पताल, बिजुवारमा गरी परिवारको जिम्मा लगाएको थियो । परिवारले शव बुझी सोही दिन सद्गत गरेको थियो ।
प्रहरीले खनाल विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०७९ चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतको सोही दिनको आदेशले खनाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
समाचार सङ्कलन गर्दै गरेका पत्रकारलाई प्रहरीद्वारा कुटपिट
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थकले कात्तिक २० गते पोखरामा गरेको प्रदर्शनको समाचार सङ्कलन गर्न पुगेका कान्तिपुरकर्मी इन्द्रप्रसाद पौडेल र पब्लिक फोरके टेलिभिजनका राजकुमार माझीलाई प्रहरीले कुटपिट गरेको पीडित पत्रकार…
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८१ कात्तिक २० गते विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र अबको बाटो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाँउपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ कात्तिक १८ गते बलात्कार गरेको…