हत्या गरेको आरोपमा आरोपितद्वय गिरफ्तार
मुसिकोट नगरपालिका–१ सल्लेमा की ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउ की २३ वर्षीया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका– ५ टटेला की ३० वर्षीया शोभाकुमारी सुनारलाई साउन २१ गते घरबाट गिरफ्तार गरेको छ ।
मृतक आफ्नै घरको कोठामा बहिरबाट चुकुल लगाएको अवस्थामा साउन १९ गते लाश फेला पारेको थियो ।
आरोपितहरुले मृतकको शरीरबाट सुनको सिक्री,तिलहरी लगायत गहना र मोबाइल समेत झिकेर लिएको प्रहरी अनुसन्धानबाट खुुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिनु भयो ।
मृतकका छोरा शशिधर बुढाथोकीले साउन २२ गते कर्तव्य ज्यान एवं डाँका तथा आपराधिक उपद्रव मुद्दामा किटानी जहेरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए ।
हिरा परियार
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…