हत्या गरी बेपत्ता बनाएको आरोपमा माइती पक्षबाट प्रहरीमा उजुरी
खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरीलाई हत्या गरी बेपत्ता बनाएको आरोपमा पीडितका पति ३० वर्षीय प्रेमलाल गिरी विरुद्ध माइती पक्षले प्रहरी चौकी सुकाढीमा कात्तिक २२ गते उजुरी दर्ता गराएका छन ।
माइती पक्षले प्रहरीमा दिएको उजुरी अनुसार रमानालाई कात्तिक २१ गते पति र घरपरिवार मिलेर हत्या गरी बेपत्ता बनाइएको उल्लेख गरिएको छ ।
बाजुरा जिल्ला वुढिनन्दा नपा–१ माइती घर भएकी गिरीले पाँच वर्ष अघि मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउका प्रेमलाल गिरीसँग प्रेम विवाह गर्नु भएको थियो ।
रमाना गिरीका चार वर्षीय छोरा र तीन महिनकी छोरी छन । कात्तिक २१ गते राति आफनै घरमा हत्या गरी बेपत्ता बनाएको माइती पक्षले आरोप लगाएका छन । तीन महिनाकी छोरीलाई छोडेर बेपत्ता भएको भन्ने घटना पत्यारिलो नभएको रमानाका मामा सिंहराज गिरीले जानकारी दिनु भएको छ ।
बेपत्ता भनिएकी रमानका मामा सिंहराज गिरीका अनुसार भान्जीलाई कात्तिक २१ गते राति उनका पति र घरपरिवार मिलेर हत्या गरेका आरोप लगाउनु भएको छ । हत्याको घटनालाई घरपरिवारले बेपत्ताको नाटक गरेको आरोप रमानका मामाले लगाउनु भएको छ ।
कात्तिक २२ गते सुकाढिक प्रहरी चौकीमा बेपत्ता भनिएकी महिलाको माइती पक्षले महिलाको खोजी र घटनाको वास्तविक छानबिन गर्न उजुरी दिएका छन । तीन दिनसम्म महिलाको अत्तोपत्तो नलागेपछि बेपत्ता नभई हत्या भएको र उनका पतिलाई कारबाही गर्न माइती पक्षले सुकाढीक प्रहरी चौकीमा धर्ना दिएको माइती पक्षले बताउनु भएको छ ।
कात्तिक २१ गते रातीबाट बेपत्ता भएको बताएपनि रमनाको चार वर्षीय छोरा र छिमेकीले रमनालाई कात्तिक २१ गते भन्दा तीन/चार दिन अघिदेखि नै गाँउमा नदेखेको माइती पक्षले जानकारी दिनु भएको छ । रमनाको पतिले तीन/चार दिन अगाडी हत्या गरेर कात्तिक २१ गतेबाट बेपत्ता भएको नाटक गरेको आरोप माइतीले लगाएका छन ।
आरोपित पतिलाई कात्तिक २२ गते सुकाढिक प्रहरी चौकीले घरबाटै गिरफ्तार गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, रातापानीमा पठाएको जिल्ला प्रहरी कार्यालय, मुगुका इन्स्पेक्टर सुर्दशन पन्थीले जानकारी दिनु भएको हो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…