हत्या गरिएको अवस्थामा युवतीको शव फेला

धरान उपमहानगरपालिका-१८ स्थित खोल्सीमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

धरान उपमहानगरपालिका-१६ की २१ वर्षीया सुमना श्रेष्ठको घाँटी रेटिएको अवस्थामा ०८० चैत ७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूलको बीचमा रहेको खोल्सीमा शव भेटिएको इलाका प्रहरी कार्यालय, धरानका इन्स्पेक्टर भीमराज राईले बताउनु भयो ।

घाँटी रेटिएको, घटनास्थल नजिक खुकुरी भेटिएको र शव घोप्टो परेको अवस्थामा भेटिएकाले हत्या भएको इन्स्पेक्टर राईले बताउनु भयो ।

घटनामा संलग्नको खोजी थालिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा राखिएको छ ।


जयकृष्ण यादव