हत्या कसुरमा जन्म कैद सजायको फैसला
जिल्ला अदालत इलाम परिसरमा ४५ वर्षीया विमलाकुमारी पराजुलीको हत्या गरेको कसुरमा अदालतले धनकुटा स्थायी घर भई इलाम नगरपालिका–५ का बस्दै आएका ३५ वर्षीय युवराज बानियालाई जन्म कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र इङ्गनामको असार २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्म कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनु भयो ।
पीडित विमलाकुमारीको शव ०७८ असार २८ गते जिल्ला अदालत परिसरमा अर्ध नग्न अवस्थामा फेला परेको थियो ।
महिलाको शव फेला परेपछि प्रहरीले जिल्ला अदालतका न्यायाधीशको सुरक्षा गार्डका रूपमा कार्यरत असइ युवराज बानियालाई तत्काल गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा आरोपितले लेनदेन विवादकाबिच हत्या गरेको र विमलाले लगाएको एक तोलाको सुनको सिक्री चोरी गरेको बयान दिएपछि प्रहरीले हत्या र चोरी शीर्षकमा ०७८ साउन २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
हत्या कसुरमा जन्म कैद र चोरी कसुरमा थप एक वर्ष कैद सजायको आदेश भएको श्रेस्तेदार भट्टराईले बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ०७८ असार २९ गते गरिएको थियो ।
बविता मैनाली
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…