हतियारसहित प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सहसचिव चन्द्रबहादुर बस्नेतलाई प्रहरीले हतियारसहित पुस १२ गते गिरफ्तार गरेको छ ।
मिक्वाखोला गाउँपालिका–२ का ३१ वर्षीय चन्द्रबहादुर बस्नेतलाई प्रतिबन्धित पार्टीमा आवद्घ भएको र हतियार कारोबारमा संलग्न रहेको आरोपमा पुस १२ गते गिरफ्तार गरी पुस १३ गते सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।
गिरफ्तारीमा परेका बस्नेतको साथबाट ईलेक्ट्रिक डेटोनेटर–७ थान, नन ईलेक्ट्रिक डेटोनेटर–१७ थान, सेफ्टी फ्यूज वायर तीन फिट आठ इन्च भएको समान, टाइम सेटिङ डिभाइस जस्तो देखिने–३ थान, रिमोट कन्ट्रोल–३ थान, ब्याट्री सेट–२ थान, जिलेटिन (निओजेल ९० लेखिएको) ४५ पिस, सलाईको बट्टा–२ थान, कटुवा पेस्तोल–१ थान, सहयोग रसिद १ बुक र विभिन्न पुस्तक तथा दस्तावेजहरू प्राप्त गरेको प्रहरीले जनाएको छ ।
बस्नेतलाई हात हतियार खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।
देवराज गुरूङ
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…