हटियागोला खाद्य डीपोमा चामल अभाव
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डीपोमा चामल अभाव भएको छ ।
वार्षिक खाद्यान्न कोटा ५ सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा १५ महिनायता चामल अभाव हुँदा समस्या भएको हो । दुर्गम उत्तरी क्षेत्र भोटखेला क्षेत्रमा आलु र कोदो, फापरमात्र उत्पादन हुन्छ । भोटखोला क्षेत्रमा उत्पादन भएको खाद्यान्नले तीन महिना मात्र पुग्ने गरेको छ ।
दशैँको मुखमा जिल्लाको दुर्गम उत्तरी क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनुदानको चामल पठाउन सकेको छैन । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुदाँ समस्या भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय, विराटनगर र केन्द्रीय कार्यालय, काठमाण्डौँलाई पत्राचार गरिएको भएपनि चाडवाडको समयमा समेत हटियागोला खाद्य डीपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गर्नु भयो ।
हटियागोला खाद्य डीपोमा चामल अभाव भएको र किमाथाङ्का नाका सीमापारिको चीनको चाँगामा पहिरोका कारण नाका बन्द हुँदा भोटखोलाका बासिन्दालाई थप समस्या भएको वडाध्यक्ष भोटेले बताउनु भयो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चीनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् ।
छिमेकी देश चीनको चाँगामा पहिरो गएका कारण ०८१ असोज १२ गतेदेखि आवतजावत रोक लगाइएको हो । विराटनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले समयमा अनुदानको चामल नपठाउँदा दुर्गम उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न समस्या भएको हो ।
सदरमुकाम खाँदबारीमा १ हजार ५ सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा ५ सय क्विन्टलको कोटा तोकिएको छ । सदरमुकाम खाँदबारीमा सुपथ मूल्य पसल सञ्चालित हुँदा भोटखोलामा भने चामल अभाव भएको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…