हजुरबुबा हत्या घटनाका आरोपित गिरफ्तार
हजुरबुबाको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले ठोरी गाउँपालिकाको-२ गौतम नगरको डाँडा टोल का ३६ वर्षीय कृष्ण बहादुर खड्कालाई ०८० मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
आरोपित खड्काले मङ्सिर १० गते दिउँसो ४ बजे कोदो कुट्ने लठ्ठी प्रहार गरी आफ्ना ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामाको हत्या गरेको प्रहरीले जनाएको छ । लठ्ठी प्रहारबाट गम्भीर घाइते भएका लामाको उपचारको लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी इन्पेक्टर सन्तोष राईले जानकारी दिनु भयाे ।
इन्स्पेक्टर राईका अनुसार लठ्ठी प्रहारबाट लामा लडेपछि खड्का घटनास्थलबाट फरार भएका थिए । यद्यपि स्थानीयहरूको सहयोगमा उनलाई घटना भएकै दिन नजिकैको सिसौ घारीमा लुकेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार बिक्रम थापाले बताउनु भयो ।
शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…