स्व.पद्मरत्न तुलाधरको स्मृतिमा बुटवलमा श्रद्धाञ्जली
नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व. पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे स्व. तुलाधरको स्मृतिमा बुटवलमा एक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरियो ।
वरिष्ठ मानव अधिकारकर्मी, पत्रकार, सहजकर्ता तथा राजनीतिककर्मीको रूपमा समाज रूपान्तरणको खम्बाका रूपमा परिचित तुलाधरको सम्झनामा प्रदेश नं ५ को राजधानी बुटवलमा कार्यक्रम गरिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ बुटवल, इन्सेक रूपन्देही, मानव अधिकार तथा शान्ति समाज, जागरण मिडिया सेन्टर, रेडियो जागरण ९३.६ मेगाहर्ज, मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान (काहुराष्ट्र) को संयुक्त आयोजनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरूले स्व.तुलाधरको योगदानलाई स्मृति ग्रन्थ र पाठ्यक्रममा उनको योगदानलाई समेट्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
प्रदेश ५ प्रदेश सभाका सांसद डा. कृष्णप्रसाद न्यौपानेले स्व. तुलाधरले मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको जति चर्चा गरेपनि नसकिने बताए ।
रीमा विसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…