स्वीकृत विनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै

आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि इलाममा दलका उम्मेदवारहरूले स्वीकृती बिना नै सवारी साधन प्रयोग गरिरहेको पाइएको छ ।

प्रदेश तथा प्रतिनिधि सभाका लागि इलाममा १३ ओटा दलले उम्मेदवारी दिएपनि अहिले चुनावी प्रचार प्रसारमा लागि इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभातर्फ नेपाली काङ्ग्रेसका उम्मेदवार केशव थापा र सोही पार्टीका प्रदेश सभातर्फक्षेत्र नं. २ ख का उम्मेदवार खगेन्द्र देवानले मात्र सवारी स्वीकृति लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले जनाए अनुसार प्रतिनिधि सभाका एक उम्मेदवारले चार ओटा गाडी र चार ओटा मोटरसाइकल तथा प्रदेश सभातर्फएक उम्मेदवारले दुई ओटा गाडी र दुई ओटा मोटरसाइकल प्रयोग गर्न पाउने प्रावधान रहेको छ ।

सवारी स्वीकृत लिनका लागि सबै दलका उम्मेदवारले फारम लगेता पनि अहिलेसम्म नबुझाएकाले स्वीकृती बिनै सवारी प्रयोग गरिरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।


कोकिला ढकाल