स्वीकृति बिनै चुनाव प्रचारप्रसारमा सवारी प्रयोग हुँदै
आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सङ्खुवासभामा दलका उम्मेदवारहरूले स्वीकृति बिना नै सवारी साधन प्रयोग गरिरहेको पाइएको छ ।
प्रदेश सभाको लागि आठ दल र प्रतिनिधि सभाका लागि सङ्खुवासभामा १० ओटा दलले उम्मेदवारी दिएपनि अहिले चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी स्वीकृति नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक खड्काले को १ ज २२५० नम्बरको गाडि अनुमति नलिई प्रयोग गरेको भेटिएको छ भने वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले बा १० च ५२०७ नम्बरको गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै प्रदेश सभातर्फा उम्मेदवारहरूले पनि स्वीकृति बिना नै सवारी प्रयोग गरिरहेका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार परिच्छेद २(ख) अनुसार प्रतिनिधि सभाका एक उम्मेदवारले चार ओटा गाडी र चार ओटा मोटरसाइकल तथा प्रदेश सभातर्फ एक उम्मेदवारले दुई ओटा गाडी र दुई ओटा मोटरसाइकल प्रयोग गर्न पाउने प्रावधान रहेको छ ।
सवारी स्वीकृत लिनका लागि सबै दलका उम्मेदवारले फारम लगेता पनि अहिलेसम्म नबुझाएकाले स्वीकृति बिनै सवारी प्रयोग गरिरहेको हुनसक्ने मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…