स्वास्थ्य सेवा प्रभावकारी नहुँदा सर्वसाधारण मारमा
जयमङ्गलापुर, सम्भौता र मिजापुर गाविसमा एउटा पनि बर्थिङ सेन्टर नहुँदा प्रसुती सेवा लिने महिलाहरू समस्यामा परेका छन् ।
यी गाउँका सेवाग्राही महिलाहरू गाउँमा स्वास्थ्य सेवा नभएका कारण सीमावर्ती भारतीय क्षेत्र जान बाध्य भएको बताउँछन् ।
जयमङ्गलापुर गाविसमा मात्रै एक वर्षमा १ सय ४४ महिलालाई सेवा दिने स्वास्थ्य चौकीको लक्ष्य रहेको प्रमुख रामेश्वर रामले बताए । उनले बर्थिङ् सेन्टर नभएकोले सुत्केरी गराउन समस्या भएको बताए ।
जयमङ्गलापुर गाविसका नथुनी सिंहले गाउँमा सेवा नभएको र वीरगञ्जसम्म पुग्ने बाटो खराब भएकाले निकै कष्ट व्यहोर्नु परेको बताइन् ।
उपचारको लागि यहाँका बिरामीलाई खटियामा राखेर अस्पताल लाने गरिएको मिर्जापुरका अच्छेलाल यादवले बताए ।
स्थानीय स्तरमा रहेका स्वास्थ्य चौकीहरूमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरू नभएकाले यस्तो समस्या भोग्नुपरेको यादवले बताए ।
जयमङ्गलापुर उप-स्वास्थ्य चौकीमा ६ जनाको दरबन्दी भएपनि दुई जना मात्र कार्यरत छन् । 'कार्यरतमध्ये अहेव कार्यालय आउँनुहुन्छ । अनमि हसवु नेसा भने स्वास्थ्य चौकीमा आउनुहुन्न ।'-स्थानीय सुबोध सिंहले बताए ।
स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामले नेसा नआउने कुरा स्वीकार गरेका छन् । उनले भने-'उनी नआउँदा आमा सुरक्षा कार्यक्रम नै प्रभावित भएको छ ।' स्वास्थ्य चौकी नजिकको गाउँ निवासी भएपनि नेसा चौकीमा नआउँदा खोपहरू नियमित रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य चौकी प्रमुख रामको भनाइ छ ।
स्वास्थ्य सेवा ऐनले नौ महिनामा पाँच दिन खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, जयमङ्गलापुरमा तोकिएको महिनामा सेवाग्राहीले खोप लिन नपाएको गुनासो गरेका छन् ।
के.सी. लामिछाने
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…