स्वास्थ्य सेवा अभावमा नवजात शिशुको मृत्युदर बढ्दो
जिल्लामा नवजात शिशुको मृत्युदरमा कमी आउन सकेको छैन् । चेतनास्तर बढ्न नसक्नु र स्वास्थ्य संस्थामा प्रभावकारी उपकरण तथा विशेषज्ञ चिकित्सकको अभावमा नवजात शिशुको मृत्यदर बढ्दै गएको हो ।
स्वास्थ्य कार्यालय, दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार जिल्लाभरी समयमै उपचार नपाउदा आर्थिक वर्ष ०७६ / ०७७ मा १९ जना, ०७७ / ०७८ मा ३२ जना, ०७८ / ०७९ मा २६ जना र ०७९ / ०८० को हालसम्म १० जना नवजात शिशुको ज्यान गएको छ ।
यसैगरी ०७७ / ०७८ मा एक जना र ०७८ / ०७९ मा एक जना सुत्केरीको ज्यान गएको छ ।
उहाँले भन्नु भयो– ‘भौगोलिक रुपमा विकटबस्तीबाट स्वास्थ्य संस्थासम्म पुर्याउनै समस्या हुन्छ । नागरिकको चेतना अभावका कारण पनि समयमै स्वास्थ्य संस्थामा विमारीलाई ल्याउने गरेको पाइदैन् । समय मै स्वास्थ्य संस्थामा नल्याउने कारणले पनि नवजात शिशुको बढि ज्यान गएको तथ्याङ्क देखिन्छ ।’
जिल्ला प्रशासन कार्यालय, दार्चुलाका अनुसार चालु आर्थिक वर्षमा मात्रै जिल्लामा सुरक्षित सुत्केरी हुन नसकि चार जना महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको छ ।
भौगोलिक विकटता र स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ स्वास्थ्यकर्मीहरुको अभावले पनि बालबालिका, गर्भवती, सुत्केरी र अन्य विरामीहरुले ज्यान गुमाउनु परेको छ ।
अपिहिमाल गाउँपालिकामा सुत्केरी बेथा लागेपछि ६ घण्टा हिडाइएकी २२ वर्षीया सुरन्ती बोहराको एक हप्ता अगाडी गर्भमै शिशुको मृत्यु भयो ।
अपिहिमाल गाउँपालिका–३ क्षत्ति घर भएकी बोहराले समयमै उपचार सेवा नपाउँदा उहाँको नवजात शिशुको मृत्यु भएको हो । गर्भमै शिशु गुमाएकी बोहराको समेत ज्यान जोखिममा परेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत लगिएको थियो ।
गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घन्टा हिँडाएर गाउँपालिकास्थित आधारभूत स्वास्थ्य केन्द्र, पाथा बर्थिङ सेन्टरमा फागुन १३ गतेबाट भर्ना गरिएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मात्रै खण्डेश्वरी स्वास्थ्य चौकीमा ल्याइएको भए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उद्धारको लागि पहल सुरु भएको खण्डेश्वरी स्वास्थ्य चौकीका सिनियर अनमी लालुदेवी रोकायाले बताउनु भयो ।
विशेषज्ञ चिकित्सकको सुविधा नभएको खण्डेश्वरी स्वास्थ्य चौकीमा सिनियर अहेव र सिनियर अनमीले प्रसूति गराउन नसक्दा बच्चाको ज्यान गएको र आमाको ज्यान समेत खतरामा हुने देखिएपछि रिफर गरिएको स्वास्थ्य चौकीका सिनियर अनमी रोकायाले बताउनु भयो ।
क्षत्ति अपी हिमाल गाउँपालिकाको सबै भन्दा विकटको बस्ती हो । यो बस्तीमा स्वास्थ्य संस्था छैन् । अपी हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार उहाँलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको बताउनु भयो ।
विशेषज्ञ चिकित्सक तथा भौगोलिक विकटताका कारण ग्रामीण क्षेत्रका गर्भवती, सुत्केरी तथा नवजात शिशुहरुको मृत्यु हुने गरेको समेत अध्यक्ष बोहराको भनाइ छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…