स्वास्थ्य संस्था टाढा हुदाँ सेवाग्राहीलाई समस्या
सन्धिखर्क नगरपालिका– ११ डिभर्ना अमिले गाउँका जनताहरूलाई स्वास्थ्य संस्था टाढा हुदाँ स्वास्थ्य सेवा लिन समस्या परेको छ ।
वडा सदस्य रुपा बिकका अनुसार अमिले गाउँबाट स्वास्थ्य चौकी पुग्न दुई घण्टाको बाटो हिड्नु पर्छ । औषधि उपचार तथा प्रेसर चेक गर्नसमेत सेवा लिन पनि गाँउमा १ सय ८० घर परिवार भन्दा बढी छन् ।
अमिले गाउँ भौगोलिक हिसाबले अत्यन्तै बिकट छ । स्वास्थ्य संस्था टाढा भएकोले सेवा ग्राहीहरू सेवा लिन जान ढुङ्गा पहिराको जोखिम मोल्नु पर्ने स्वास्थ्य स्वयम् सेविका रिता कुंवर बताउनु भयो । उहाँका अनुसार आफूसँग सधै औषधि नहुदाँ सेवा ंदिन सकिदैन ।
सन्धिखर्क नगरपालिका–११ का वडा अध्यक्ष ध्रुबराज आचार्यका अनुसार अमिले यस वडाको हिमाल पारीको गाउँ भनेर बुझिन्छ । त्यहाँका जनसमुदाय तथा सेवा ग्राहीले स्वास्थ्य सेवाका लागि निकै समस्या भोग्नु परेको छ ।
सामुदायिक स्वास्थ्य केन्द्र बनाउन वडामा छलफल प्रयास गरिरहेका छौं । सन्धिखर्क नगर स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीका अनुसार एउटै वडामा दुई वटा स्वास्थ्य संस्था राख्न नमिल्ने भएकोले समस्या परेको बताउनु भयो ।
कूलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…