स्वास्थ्य संस्थाहरूमा औषधि अभाव, सिटामोल समेत नपाइने गरेको बिरामीको गुनासो
दार्चुला जिल्लाको विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरू र जिल्ला अस्पतालको फार्मेसीमासमेत औषधि अभाव भएको हो । स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि नहँुदा चेकजाँच गर्न आएका बरामीहरू रित्तैहात फर्किन बाध्य भएका छन् ।
शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकालगायत क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधि नपाएर बिरामी रित्तोहात फर्किन बाध्य भएका छन् ।
लाली स्वास्थ्य चौकीमा स्थानीय सरकार गठन भएपछि औषधि अभाव भइरहेको लेकम गाउँपालिका–३ स्थानीय डम्बर भण्डारीले आरोप लगाए । ‘गाविसको संरचना हुँदासम्म अलिअलि औषधि पाइन्थ्यो ।’–उनले भने–‘सिंहदरबारको अधिकार गाउँगाउँमा भनेर स्थानीय सरकारहरू आएपछि सिटामोलसमेत सबै बेला पाइँदैन ।’
लेकम गाउँपालिका–३ कै अर्का स्थानीय कमल पार्कीले थपे–‘स्वास्थ्य चौकीमा सिटामोल समेत पाइँदैन ।’ औषधि अभावमा बिरामीहरूले महाकाली नदीबाट जोखीमपूर्ण ट्युबको सहारामा भारतीय बजार हुँदै पिथौरागढसम्मका निजी अस्पताल र क्लिनिक धाउनुपरेको छ ।’
जिल्ला सदरमुकाम नजिकै महाकाली लोकमार्गले छोएको मालिकार्जुन गाउँपालिकामा समेत स्वास्थ्य संस्थाहरूमा औषधि नपाइने गरेको स्थानीयको गुनासो छ ।
स्वास्थ्य चौकीहरूमा दैनिक १५ देखि २० जनासम्म बिरामी आउँछन् । तर, अधिकांश बिरामी औषधि नपाएपछि रित्तै फर्किनुपरेको मालिकार्जुन गाउँपालिका–२ का पदमसिंह धामीले बताए । स्वास्थ्य केन्द्रहरूमा औषधि नपाउँदा बाहिर मेडिकलबाट महङ्गो मुल्यमा औषधि किन्नुपरेको धामीको गुनासो छ ।
शैल्यशिखर नगरपालिकाको ग्रामीण स्वास्थ्य संस्थाहरूमासमेत औषधि नपाइने गरेको स्थानीयको गुनासो छ । सरकारले निःशुल्क वितरण उपलब्ध गराउने ३५ प्रकारका औषधि स्वास्थ्य चौकीहरूमा नपुग्ने गरेको स्थानीय बताउछन् ।
‘सरकारले नागरिकलाई अस्पतालबाट निःशुल्क ७० प्रकारका औषधि दिने भनेको छ । तर, गोकुलेश्वर अस्पतालमा अहिले सिटामोल बाहेक केहि पाइँदैन ।’–स्थानीय गङ्गादत्त जोशीले भने–‘अधिकांश बिरामीहरूलाइ सिटामोल दिएर औषधि अभाव भन्दै निजी मेडिकलहरूमा पठाइन्छ ।’
जिल्ला अस्पताल दार्चुलाका प्रमुख डक्टर रविरञ्जन शाहले भने जिल्लामा औषधिको धेरै अभाव नरहेको बताए । सीमित आर्थिक श्रोतको कारण सबै औषधि उपलब्ध गराउन सकिने अवस्था छैन तर धेरै आवश्यक हुने औषधिहरूको अभाव हुन नदिएको उनले स्पष्ट पारे । केही औषधि अभाव भएको कुरामा सत्यता भएपनि औषधिको हाहाकार नभएको शाहको भनाई छ ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…