स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव
बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव भएको छ । गतसालको नाकाबन्दीदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव रहँदै आएको छ ।
सरकारले स्वास्थ्य चौकीबाट ४० प्रकारका औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० प्रकारका औषधि र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिएको भएपनि स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव कायमै रहेको छ ।
पछिल्लो समयमा ज्वरोका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचारमै समस्या भएको हाट स्वास्थ्य चौकीका इञ्चार्ज विनोद कुँवरले बताए । स्वास्थ्यचौकीमा टाइफाइडका बिरामीहरू बढेपनि औषधि नहुँदा उपचारमा निकै समस्या भएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट माग अनुसारको औषधि आपूर्ति नहुँदा नागरिकलाई सास्ती भएको स्वास्थ्य चौकीका इञ्चार्ज कुँवरले बताए ।
सिद्धेश्वर स्वस्थ्य चौकी खोड्पेमा गएको एक महिना यता आइरन चक्कीसमेत सकिएकोले गर्भवती महिलालाई वितरण गर्न नसकिएको स्वास्थ्य चौकीका इञ्चार्ज मदन महराले जानकारी गराए ।
स्वास्थ्य संस्थामा औषधि नहुँदा निःशुल्क पाइने औषधिसमेत सेवाग्राहीलाई किन्न लगाउनु पर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका डा. शशी कडेलले बताए ।
शर्माली स्वास्थ्य चौकीका इञ्चार्ज प्रकाश चन्दका अनुसार स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा समस्या थपिएको छ । साथै ग्रामीण क्षेत्रमा मेडिकलसमेत नहुँदा नागरिकले सामान्य औषधिको अभाव झेलिरहेका छन् ।
जिल्लाभरी औषधिको अभाव भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका आरआरटी फोकल पर्सन सन्तोष पाण्डेयले माग अनुसार औषधि पूर्ति नभएको बताए । गत सालदेखि नै आपूर्ति व्यवस्थामा समस्या आएकाले माग अनुसार औषधि पूर्ति नभएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले टेण्डर आह्वान गरेर औषधि किन्ने प्रक्रिया अगाडि बढाएपनि अझै २ महिना लाग्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले जानकारी दिए ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…