स्वास्थ्य संस्थामा तीन हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा
मुगुम कार्मारोङ्ग गाउँपालिकाको-१ को डोल्पु स्वास्थ्य चौकी र सोही गाउँपालिका-२ का मुगु स्वास्थ्य चौकीमा कार्यरत स्वास्वास्थ्यकर्मी तीन हप्तादेखि नहुँदा दुई वडाका सर्वसाधारण स्वास्थ्य सेवाबाट प्रभावित भएका छन् ।
मुगुम कार्मारोङ्ग गाँउपालिका-२ स्थित मुगु स्वास्थ्य चौकीका इन्चार्ज हिम छिरिङ्ग कामी जेठ १ गतेदेखि सदरमुकाम गमगढीस्थित आफ्नो निजी मेडिकलमा बस्दै आएका छन् भने अहेव रविन्द्र चौलागाई तालिममा सदरमुकाम गमगढी गएको स्थानीयबासी तेन्जेन लामाले जानकारी दिए ।
अनमी सोनाम लामा घर विदामा काठमाडौँ गएको र कार्यालय सहयोगी ज्ञानबहादुर हितान सदरमुकाममा रहेकाले सामान्य टाउको दुख्दा खाने औषधि समेत आफूले नपाएको स्थानीयबासी तेन्जेन लामाले गुनासो गरे ।
गाउँपालिकाको डोल्पु स्वास्थ्य चौकीका इञ्चार्ज रतनबहादुर मल्ल, अहेव लालबहादुर भाम र कार्यालय सहयोगी जेठ १५ गतेदेखि स्वास्थ्य चौकीमा नरहेको स्थानीयबासी उर्गिन लामाले बताए । अहेव मल्ल स्वास्थ्य विमाको तालिममा सहभागी हुन सदरमुकाम गमगढी छन् भने अहेव भाम द्वन्द्वपीडित भएको भन्दै हालसम्म आफ्नो कार्यक्षेत्रमा गएका छैनन् र कार्यालय सहयोगी पेमा लामा आफ्नै घरमा बसिरहेको स्थानीयबासीले लामाले बताए ।
आफ्नो गाँउ नजिकको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी नभएपछि सामान्य उपचारका लागि छिमेकी गाँउमा रहेका स्वास्थ्य संस्था वा सदरमुकाम गमगढी एक दिनदेखि दुई दिन लगाएर उपचारका लागि जानु परेको मुगुम कार्मारोङ् गाँउपालिका-१ का छोदेन लामाले गुनासो गरे ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गहुरले आफू एक हप्ताअघि उक्त क्षेत्रमा अनुगमनमा जाँदा स्वास्थ्यकर्मी नभएको विषयमा स्थानीयबासीले गुनासो गरेको बताए । गाउँपालिकाले आवश्यक कारबाही गर्नुपर्ने प्रमुख गहुरको भनाई छ ।
मुगुम कार्मारोङ् गाउँपालिकाका अध्यक्ष छिरिङ्ग टयाप्ने लामाले सम्बन्धित वडा कार्यालयका वडा अध्यक्षसँग समन्वय गरी स्वास्थ्य चौकीमा नबस्ने स्वास्थ्यकर्मीको तलब रोक्का गर्ने बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…