स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा
जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको पाइएको छ । सरकारले ३६ प्रकारका औषधि स्वास्थ्य चौकीहरूमा निशुल्क पाइने बताएपनि अधिकांश स्वास्थ्य चौकीमा अभाव भएको हो ।
'आएका बिरामीलाई औषधि नै नदिइ फर्काउने गरेका छौँ ।'-सिम्जुङ स्वास्थ्य चौकीका इञ्चार्ज बलाराम पोखरेलले भने ।
त्यसैगरी स्ताकुमाझ लाकुरीबोट र सौरपानी गाविसका स्वास्थ्य चौकीहरूमा पनि औषधि अभाव रहेको छ । 'धेरै औषधि छैनन् ।'-सौरपानी स्वास्थ्य चौकीकी इञ्चार्ज अनिता पनेरुले भनिन्-'निशुल्क दिने औषधि पनि छैन । औषधि नभए किन स्वास्थ्य चौकी खोलेको भनेर बिरामी र्फकन्छन् ।'-उनले भनिन् ।
गोरखामा तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र र ६४ ओटा स्वास्थ्य चौकी छन् । भिटामिन बी, आइरन चक्की, झाडापखालाको औषधि पनि स्वास्थ्य संस्थामा नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
जनस्वास्थ्य कार्यालयसँग दुई महिना अघि नै औषधि माग गरेपनि औषधि नआएको सिम्जुङ स्वास्थ्य चौकीका इञ्चार्ज पोखरेलले बताए । औषधि खरिदका लागी टेण्डर आह्वान गरेपनि अहिले सम्म कुनै टेण्डर नपरेको जनस्वास्थ्य कार्यलयका खिलनाथ सिम्खडाले बताए ।
'औषधि त पठाएका छौँ । भनेजति पठाउन सकेका छैनौँ ।'-उनले भने । औषघि खरिदका लागि दुई महिना अघि टेण्डर आह्वान गरिएको थियो । तर, रित नपुगेको भन्दै कसैलाई पनि टेन्डर पर्न सकेन । अहिले पुन टेन्डर आह्वान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । औषधि खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट ३३ लाख प्राप्त भएको पनि कार्यालयले जनाएको छ ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…