स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामी मर्कामा
ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचार गर्न आउने बिरामीहरू स्वास्थ्य परीक्षण गरेर फर्कन बाध्य भएका छन् ।
रूम्जाटारमा रहेको जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र ५४ स्वास्थ्य चौकीमा सरकारले निशुल्क बाँड्ने भनिएका औषधि अभाव भएको हो । दुई महिना अघिबाटै औषधि अभाव भएपछि सेवाग्राहीले निजी क्लिनिकमा गएर किन्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
औषधि नभएपछि दुर्गमका नागरिक सेवाबाट वञ्चित भएको खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोक्काले बताए । उनले गाउँपालिकाभर औषधि अभाव भए पनि जिल्ला स्वास्थ्य कार्यालयबाट नपठाएको गुनासो गरे ।
उनले गाउँपालिकाभरि औषधि किन्न २ लाख रुपियाँजति रकम आए पनि कहिले खरिद गरेर, कति, कहाँ र कसरी बाँड्ने भन्ने अन्यौल रहेको बताए ।
औषधि नहुँदा बिरामीलाई रित्तो हात फर्काउनु पर्ने बाध्यता रहेको सिद्धिचरण नगरपालिका-८ को ज्यामिरे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी दिपक राजभण्डारीले बताए । जिल्लामा औषधि अभाव भएको विषयमा जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहन सुवेदीले विभागबाट औषधि दुई वर्षदेखि नआएकाले समस्या भएको बताए । उनले जिल्लामा दुई वर्षदेखि विभिन्न कारण देखाउँदै विभागले औषधि नपठाएको आरोप लगाए ।
उनका अनुसार यस वर्षो बजेट समेत स्थानीय तहमै निकासा भएकाले किनेर वितरण गर्न सकिने अवस्था नहरेको जानकारी दिए । स्थानीय तहले आर्थिक कार्यविधिलगायतका नीति नियमहरू पारित गरेर नियमित काम थालिनसकेकाले खरिदलगायत विकास निर्माणका काम थालेका छैनन् ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…